Beauty of nepal

Beauty of nepal

Wednesday, September 8, 2010

यो कस्तो जीन्दगी ?



आँधीबेरी संग उड्ने, भुवा रहेछ जीन्दगी,हार जितको दाउ थाप्ने, जुवा रहेछ जीन्दगी!
बसन्तको पर्खाइमा,साउनको भेल पसी,भीत्रभित्रै निसास्सिने,कुवा रहेछ जीन्दगी!
गन्तब्यको खोजी गर्दै,कल्पनाका महल भित्र,हिंड्दा हिंड्दै खिइने, त-लुवा रहेछ जीन्दगी!
जन्मीएको छैंठौँ दिनमै, निधारमा कर्म खोटी,भगुवानको हस्त लिखित, दुवा रहेछ जीन्दगी!
बेदनाका राँका बाली,आफनै मुटु जलाएर,भूमरिमा नाचिरहने,धुवाँ रहेछ जीन्दगी!!!

No comments:

Post a Comment